काठमाडौं,३१ जेठ । एमालेमा पार्टी फुटाउने प्रयास जारीरहेको खुलाशा भएको छ । सो पार्टीका अध्यक्ष केपी ओलीले नै पुनर्गठनका नाममा पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाउनुभएपछि उपरोक्त रहस्य खुलेको हो । पार्टीद्वारा गठित चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुन्डुस्थित निवासमा पुगेका अगुवा नेता तथा कार्यकर्तासँगको छलफलमा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।

अध्यक्ष ओलीले त्यसक्रममा पार्टीभित्रका आन्तरिक विषय खुलाउँदै संगठन कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने समेत बताउनुभएको थियो । उहाँले अहिलेको अवस्थामा एमालेलाई बलियो र एकताबद्ध बनाउन आवश्यक छ, तर चारैतिरबाट हमला भइरहेका वेला पुनर्गठनका नाममा पार्टीलाई फेरि एकपटक फुटाउन खोजिएको छ, तपाईंहरु सजग हुनुस् भन्नुभएको थियो । उहाँले त्यसक्रममा पार्टीभित्रै केही लोभीपापी देखिएको बताउँदै अहिलेलाई आफूले रामराम मात्रै भन्नसक्ने तर काँधै त थाप्न नसक्ने समेत बताउनुभएको थियो । अध्यक्ष ओलीले आफूले कुनै गल्ती नगर्दा पनि हटाउन खोजिएको भन्दै चिन्तासमेत ब्यक्त गर्नुभएको थियो ।

एमालेका अध्यक्ष ओलीलाई हटाउन गत भदौ २३ र २४ मा देशभर ठूलो बिध्वंश भएको थियोभने उहाँलाई पार्टीको अध्यक्षबाट हटाउन पनि बिभिन्न विदेशी शक्तिकेन्द्रहरुले ठूलो धनराषि खर्च गरेर परियोजना नै सञ्चालन गरेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ ।