काठमाडौं,३१ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चारदिने औपचारिक भ्रमणका लागि उहाँ बेइजिङ पुग्नुभएको हो । बेइजिङ विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले स्वागत गर्नुभएको थियो । परराष्ट्रमन्त्री खनालको सम्मानमा बेइजिङस्थित नेपाली दूतावासले आजै साँझ एक विशेष स्वागत समारोहको आयोजना गर्दैछ ।

त्यसक्रममा मन्त्रि खनालले त्यहाँ रहेका नेपाली समुदायसँग झाकुसारी र समसामयिक विषयमा अन्तरक्रियागर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री खनालले भोली सोमबार चिनियाँ समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धकाबारेमा छलफलगर्ने तालिका रहेको छ । उहाँले चीन सरकारका अन्य उच्च अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुने भनिएको छ । मन्त्रि खनाल बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मुख्य अतिथिकारुपमा सहभागी हुनुहुने भएको छ ।

त्यसक्रममा उहाँले चिनियाँ उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीगर्नका लागि आग्रहगर्ने कार्यक्रम छ । चीनले नेपालमा बढ्दो अमेरिकी गतिबिधि र बिआरआई परियोजनाको कार्यान्वयनमा जोड दिने आंकलन गरिएको छ ।