बुनिया, १२ साउन । कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको सशस्त्र आक्रमणमा कम्तीमा ३५ जना नागरिकको ज्यानगएको छ । स्थानीय बासिन्दा र अगुवाहरुका अनुसार, रातको करिब नौबजेतिर नगरको एक पवित्र मन्दिरमा प्रार्थनामा संलग्न मानिसहरुलाई लक्षितगर्दै सशस्त्र समूहले भीषण आक्रमण गरे । आक्रमणपछिका दृश्य निकै हृदयविदारक थिए, जहाँ ३५ जना मृत शरीर भेटिएका छन् । धेरैजसो मृतक युवा धार्मिक सेवामा आवद्ध रहेका थिए । बेपत्ता भएका केही युवाहरुको हालसम्म कुनै पत्तो लाग्नसकेको छैन । मन्दिरका प्रमुख पूजारीका अनुसार, कम्तीमा छजना गम्भीर घाइते छन् र केहीको अवस्था चिन्ताजनक छ । घटनास्थलमा सुरक्षा बलहरु परिचालन गरिएको भएतापनि पूर्वी कंगोमा सक्रिय चरमपन्थी समूहहरुले पुनः आक्रामक गतिविधि थालेको संकेत देखिएको छ । केही वर्षअघिदेखि यस क्षेत्रमा कंगो र छिमेकी मुलुकले संयुक्तरुपमा सुरक्षा अभियान सञ्चालनगर्दै आएका छन् ।
तर, यसप्रकारको घटनाले सुरक्षा चुनौती अझ बढाएको प्रष्ट भएको छ ।यस आक्रमणको जिम्मेवारी लिने पक्षको औपचारिक पुष्टि नभए तापनि, स्थानीय प्रशासनले यसलाई लामो समयदेखि हिंसात्मक गतिविधिमा संलग्न रहेको एक सशस्त्र समूहसँग जोडिएको अनुमान गरेको छ । यस घटनाले स्थानीय वासिन्दाहरुमा पुनः त्रास फैलिएको छ । मानव अधिकार समूहहरुले सरकारलाई तत्काल राहत, उद्धार र सुरक्षा प्रवद्र्धनगर्न आग्रह गरेका छन् । रासस÷एएफपी