जेरुसलम, १९ साउन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा रहेका दुईजना इजरायली बन्धकहरुको कमजोर र पीडादायी अवस्थाको भिडियोहरु सार्वजनिक भएपछि आफूलाई गहिरो दुःख र संवेदना लागेको बताउनुभएको छ । उहाँले ती बन्धकहरुको परिवारसँग सिधा सम्पर्कगरी स्थिति बुझ्नुभएको र उहाँहरुले आफ्नो प्रियजनलाई सुरक्षित रुपमा घर फर्काउने प्रतिबद्धता जनाउनुभएको छ । हालै हामास तथा इस्लामिक जिहाद समूहहरुले सार्वजनिक गरेका भिडियोहरुमा सन् २०२२ सालको अक्टोबर ७ मा अपहरणमा परेका दुई युवाहरु २१ वर्षीय रोम ब्रास्लाभ्स्की र २४ वर्षीय एभ्याटर डाभिड थकित र अत्यन्तै पीडित देखिनुभएको छ । डाभिडले आफैंको चिहान खन्दै गरेको दृश्यले सबैमा गहिरो करुणा र चिन्ता उत्पन्न गरेको छ । प्रधानमन्त्री कार्यालयबाट जारीगरिएको विज्ञप्तिमा प्रधानमन्त्री नेतन्याहूले बन्धकहरुको परिवारसँग सहानुभूति व्यक्तगर्दै भन्नुभएको उल्लेख गरिएको छ–हामी सबै प्रयास गरिरहेका छौं कि हाम्रा प्रियजनहरु सक्दो चाँडो र सुरक्षित रुपमा घर फर्कुन् । उहाँले यो कार्यमा सरकारको पूर्ण प्रतिबद्धता रहेको र परिवारहरुलाई धैर्य धारणगर्न आग्रह गर्नुभएको छ ।

भिडियो सार्वजनिक भएपछि तेल अभिव लगायतका स्थानमा हजारौं नागरिकहरुले नम्र र शान्तिपूर्ण रुपमा बाँकी बन्धकहरुको शीघ्र र सुरक्षित रिहाइको माग गर्नुभएको छ । परिवार सदस्य र मानवअधिकारकर्मीहरुले पनि सरकारप्रति पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । युरोपेली संघका विदेश नीति प्रमुख काया कालासले यी भिडियोहरुलाई अमानवीय कृत्यको उदाहरणभन्दै सबै बन्धकहरुको अविलम्ब र सर्तविहीन रिहाइको अपिल गर्नुभएको छ । साथै उहाँले हामासले शस्त्र त्यागेर शान्तिपूर्ण शासन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । मध्यपूर्वका अन्य राष्ट्रहरुले पनि शान्ति र मानव अधिकारको संरक्षणमा आफ्नो समर्थन व्यक्त गरेका छन् । गाजामा खाद्यान्न र स्वास्थ्य सामग्रीको अभावले स्थानीय बासिन्दाहरुलाई अत्यन्तै कठिन अवस्थामा पुर्याएको छ । संयुक्त राष्ट्रसंघलगायत बिभिन्न मानवीय निकायहरुले यस विषयमा सतर्कता जारी राखेका छन् ।

राहत वितरण केन्द्रहरुमा भएको घटनाले पीडालाई थप बढाएकोमा सबै पक्षलाई संयम अपनाउन अनुरोध गरिएको छ । पूर्वी जेरुसलमस्थित पवित्र स्थल अल–अक्सा मस्जिदमा भएको भ्रमणप्रति जोर्डन लगायतका अरबी राष्ट्रहरुले चिन्ता व्यक्तगरेका छन् । इजरायल सरकारले यस विषयमा वर्तमान स्थिति कायम राख्ने र सबै धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई सम्मान गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । रासस÷एएफपी