काठमाडौं, २३ साउन । सप्तरीको राजविराज नगरपालिका–१ पडरियामा भाइले बञ्चरो प्रहारगरी दाइको निर्मम हत्या गरेका छन् । घरायसी विवादका कारण भाइ नरेन्द्र झाले आज शुक्रबार दिउँसो आफ्नै दाइ लोकेन्द्र झामाथि बञ्चरो प्रहारगरेको प्रहरीले जनाएको छ । टाउकोमा बञ्चरो प्रहार गरेपछि गम्भीर घाइते भएका दाइको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उहाँलाई घटना लगत्तै उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा लगिएपनि उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।
उहाँको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभउको छ । बञ्चरो प्रहारगर्ने भाइ फरार भउकाले प्रहरीले खोजी शुरु गरिएको जनाएको छ ।