काठमाडौं,२९ साउन । नेपालका छिमेकी चीन र भारतबीत आगामी साता भारतको नयाँ दिल्लीमा सुरक्षा लगायतका बिषयमा वार्ता हुने भएको छ । चीनका विदेशमन्त्री वाङ यी अर्को साता भारत भ्रमणमा जाने हुनु भएको हो । भ्रमणका क्रममा उहाँले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग दुई देशबीचको लामो समयदेखि जारी सीमा विवादबारे वार्तागर्ने भनिएको छ । सो भ्रमणलाई दुई देशको सम्बन्ध सुधारगर्ने प्रयासका रुपमा राजनीतिक क्षेत्रमा चर्चा गरिउको छ ।

टाइम्स अफ इन्डियाकाको एक समाचारअनुसार वाङ यीको भ्रमण आगामी साता सोमबारका लागि तयभएको छ । चिनियाँ विदेशमन्त्री र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारलाई दुई देशले आफूहरुबीचको विवाद समाधानगर्न विशेष प्रतिनिधि नियुक्त गरिएको छ । उहाँहरुबीच वार्ताको मुख्य एजेन्डा दुई देशबीचको सीमा विवादको राजनीतिक हल खोज्नु रहेको छ । यो भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सांघाई सहयोग संगठनको शिखर सम्मेलनका लागि हुने सम्भावित चीन भ्रमणको तयारीका रुपमा पनि हेरिएको छ ।