ब्रासिलिया, २ भदौ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले वाशिंटनको ५० प्रतिशत कर घोषणाले अर्थतन्त्रलाई प्रभावित पार्ने देखेपछि यसप्रति विरोध जनाउँदै डोनाल्ड ट्रम्पले ब्राजिलबारे आएर वास्तविक थाहापाउने बताउनुभएको छ । ब्राजिलका बामपन्थी नेता लुलाले ट्रम्पलाई संकेत गर्दैगरेको सम्बोधनमा आफूले देशमा ‘घृणा नभई अंगुर रोपेको’ बताउनुभएको छ। राष्ट्रपति लुलाले भन्नुभयो–मलाई आशा छ, तपाईं कुनै दिन ब्राजिल भ्रमण गर्नुहुनेछ र साँचो ब्राजिल, साम्बा, कार्निभल, फुटबल, संयुक्त राज्य अमेरिका, चीन, रुस, उरुग्वे र भेनेजुएलालाई माया गर्ने मानिसहरुको ब्राजिल जान्न सक्नुहुनेछ। हामी सबैलाई माया गर्छौं। ब्राजिलमाथि लगाइएको करका कारण अमेरिकी व्यापारिक साझेदारलाई सबैभन्दा ठूलो धक्का लागेको छ र अन्य देशहरुको विपरीत, ब्राजिलविरुद्धका उपायहरु खुलेआम राजनीतिक शब्दहरुमा व्यक्त भएका देखिएको छ ।
बोल्सोनारोविरुद्ध सन् २०२२ मा लुलाको निर्वाचित पदविरुद्ध कथित ‘कू’ प्रयासको अभियोगमा मुद्धा चलिरहेको छ र संयुक्त राज्य अमेरिकाले हालै यस मुद्धामा न्यायाधीशसहित सर्वोच्च अदालतका अन्य सातजना म्याजिष्ट्रेटलाई प्रतिबन्ध लगाएको छ ।राष्ट्रपति लुलाले सर्वोच्च अदालतको समर्थन गर्दै ब्राजिली जनताको सार्वभौमिकताको रक्षागर्ने वाचा गर्नुभएको छ । उहाँको प्रशासनले आवश्यक परेको खण्डमा अपील दर्ता गरी ट्रम्पको करको सामनागर्ने प्रतिज्ञा पनि गरेको छ । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्रबाट धेरै प्रमुख निर्यातलाई प्रभावितगर्ने करले सदियौँ पुरानो व्यापारिक सम्बन्ध र गत वर्ष ब्रासिलियाले २८ करोड ४० लाख अमेरिकी डलरमा राखेको अधिशेषलाई पन्छाएको छ । लुलाले एक्समा दिएको सन्देशमा भन्नुभएको छ, ब्राजिली राष्ट्रपतिका रुपमा आफूले ‘खाना रोप्ने, हिंसा नरोप्ने वा घृणा नफैलाउने’ उदाहरण दिइरहेको बताउनुभएको छ । उहाँले राष्ट्रपति ट्रम्प! मलाई आशा छ, कुनै दिन हामी कुरागर्न सक्छौं, र तपाईंले ब्राजिलका जनताको गुणस्तरको बारेमा सिक्न सक्नुहुनेछ भन्नुभयो । रासस, एएफपी