काठमाडौ,३ भदौ । भारतीय सीमा क्षेत्रमा ७४६ हेक्टर वनक्षेत्र अतिक्रमण भएको थाहाभएको छ । प्राप्त समाचारअनुसार बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको छ । बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा २८८.५ हेक्टर क्षेत्रफल, सुनवल नगरपालिकामा १७३.९९ हेक्टर क्षेत्रफल, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा १५७.८२ हेक्टर क्षेत्रफल, प्रतापपुर र सुस्ता गाउँपालिकामा १२६.५१ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको डिभिजन वन कार्यालय नवलपरासीका सूचना अधिकारी मोसाफिर भगतले जानकारी दिनुभएको छ ।

यसअघि सुदुर पश्चिमका बिभिन्न सीमा क्षेत्रमा पनि भारतीय नागरिकबाट नेपालको वन अतिक्रमण भएका समाचारहरु प्राप्त भएका थिए ।