वाशिंटन, १० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा नयाँ राष्ट्रपति ली जे म्युङ आउनुभन्दा केही घण्टाअघि दक्षिण कोरियामा शुद्धीकरण वा क्रान्ति भइरहेको बताउनु भएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेको एक सन्देशमा दक्षिण कोरियामा के भइरहेको छ ? शुद्धिकरण वा क्रान्ति जस्तो देखिन्छ। हामी त्योगर्न सक्दैनौं र त्यहाँ कामगर्न सक्दैनौँ भनिएको छ । उहाँले आफूले के कुरालाई संकेतगर्न खोज्नुभएको हो भन्नेबारे उल्लेख गर्नुभएन तर उहाँले यसलाई लीसँग ल्याउने बताउनुभयो।दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डक सोको प्रशासनले पूर्व राष्ट्रपति युन सुक योललाई गत डिसेम्बरमा अल्पकालीन सैनिक शासन लागूगर्न सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारीगरेको छ । संयुक्त राज्य अमेरिकासँग घनिष्ठ सम्बन्ध भएका परम्परावादी युनलाई सत्ता कब्जागर्ने कडा सशस्त्र रणनीतिपछि महाभियोग लगाइएको थियो ।

उहाँले विपक्षी दलको बहुमत रहेको संसदमा गतिरोधको सामना गरेपछि यो कदम लिनुभएको थियो । मार्शल लको अभ्यास दक्षिण कोरियाको सैन्य शासनको पहिलेको युगको एउटा थ्रोब्याक थियो र यसलाई लोकप्रिय विद्रोहको बलमा तत्काल उल्टाइएको थियो। बामपन्थी शासनको प्रभाव भएको दक्षिण कोरियाबाट आएका लीले ट्रम्पसँग फलदायी सम्बन्ध सुरु गर्न उत्सुकता व्यक्त गर्नुभएको छ । यी दुई राष्ट्रपतिले उत्तर कोरियाप्रति समान धारणा राख्छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनसँग तीन पटक भेट गर्नुभएको थियो र ली उत्तर कोरियासँगको सम्पर्कका हिमायती हुन् । ट्रम्पले आफ्नो आन्तरिक नीतिका बारेमा विवादित दाबीगर्दै कुनै अपरिचित विदेशी नेतालाई आश्चर्यचकित पारेको यो पहिलो पटक भने होइन । गत मे महिनामा ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई ह्वाइट हाउसको बैठकमा रंगभेदपछिको सरकारले गोरा किसानहरूविरुद्ध नरसंहार गरेको आरोप लगाउनुभएको थियो । रासस÷एएफपी