काठमाडौं,११ भदौ । यातायात मजदुरहरुले पूर्ण तयारी गरेरमात्रै इम्बोष्ड नम्बरप्लेट लागूगर्न माग गरेका छन् । इम्बोष्ड नम्बर प्लेटमा रहने अक्षर र अंक देवनागिरी र अंग्रेजी दुवै लिपिमा हुनुपर्नेभन्ने व्यवस्था विपरीत सरकारले सूचना प्रकाशित गरेको मजदुर संस्थाहरुले बताएका छन् । नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघलेसंयुक्त प्रेस विज्ञप्ति जारीगरी पूर्ण तयारी गरेरमात्रै सहुलियत शुल्कमा प्रिन्टगर्न सकिने वातावरणको विकासगर्दै सरोकारवालासँगको छलफलमा इम्बोष्ड नम्बर प्लेट अनिवार्य गर्न माग गरेका हुन् । मजदुर संघ संगठनले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने र समयसापेक्ष सुधारगर्ने विषयमा आफूहरु सकारात्मक रहे पनि स्वदेशमै नम्बर प्लेट तयारगर्ने तथा डाटा सुरक्षा गर्ने ग्यारेन्टी सरकारले बनाउनुपर्ने बताएका छन् ।

नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले सरकारले एक दशकदेखि सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट जडान गरे पनि यसको कार्यान्वयन र परिणाम शून्य भएको बताउनुभउको छ । उहाँले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्टसमेत गर्न नसकिरहेको र दुईवर्षसम्म पनि नागरिकले लाइसेन्स पाउन नसकिरहेको बेलामा देशमा रहेको लाखौँ सवारीसाधनमा इम्बोष्ड नम्बरप्लेट अनिवार्यगर्ने विषय आफैँमा अविश्वासिलो र शंकास्पद छ भन्नुभएको छ ।