काठमाडौं, ११ भदौ । पर्साको वीरगञ्ज महानगरपालिकाले त्यहाँ देखिएको हैजाको संक्रमणलाई मध्यनजरगर्दै बिद्यालयमा थप तीन दिन बिदादिने निर्णय गरेको छ । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार आज भदौ ११ देखि १३ गते शुक्रबारसम्मका लागि बिदा दिइने बताउनुभएको छ । यसअघि त्यहाँ गत आइतबार र सोमबार बिदा दिइएको थियो । त्यस अवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालयको पठनपाठन स्थगित गरिएको उहाँले जानकारी दिनुभएको छ ।
महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरुको टोली बनाई बिद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरु सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई परिचालनगर्न गराउन अनुरोध गरेको छ ।