
काठमाडौं,२५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हालैको हिंसाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले धेरै नेपाली युवाहरुको ज्यानगएकोमा चिन्ता व्यक्तगर्दै शान्ति कायम राख्न आह्वान पनि गर्नुभएको छ । उहाँले नेपालमा भएको हिंसा हृदयविदारक भएको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री मोदीले धेरै नेपाली युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा आफ्नो मन अत्यन्तै विचलित भएको बताउनु भएको छ ।
उहाँले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सबै नेपालीलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्नुभएको छ । गएराति सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भएको बताइएको छ । मोदीले आफ्नो अपिलमा नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्दछु भन्नुभएको छ ।