म्याड्रिड, ३० भदौ । चीन र अमेरिकी प्रतिनिधिमण्डलहरु आर्थिक र व्यापारिक मुद्धाहरुमा वार्ताका लागि भेला भएका छन् । आगामी दिनमा दुवै पक्षबीच अमेरिकी एकपक्षीय करवृद्धिका उपायहरु, निर्यात नियन्त्रणको दुरुपयोग र टिकटकका विषयमा छलफल हुने चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले बताउनुभएको छ । वार्तामा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री हे लिफेङले गर्नुभएको छ । टिकटकको विषयमा चीनको अडान स्पष्ट र स्थिर रहेको प्रवक्ताले बताउनुभएको छ । चीन आफ्ना उद्यमहरुको वैधानिक अधिकार र हितको रक्षागर्न दृढरुपमा प्रतिबद्ध छ र सम्बन्धित कानून र नियमहरु अनुसार टिकटकको मुद्धालाई सम्बोधन गर्नेछ। रासस,सिन्ह्वा
ताजा समाचार
- जीवी राईलाई भगाउने नमराज घिमिरे प्रधानमन्त्री कार्यालयमा
- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खेले देउसी कलाकारहरुसँग, १ लाख दक्षिणा
- कुनै जमानाकी हिट अभिनेत्री उर्मिला मातोन्डकरले वैवाहिक जीवनको ८ वर्षपछि डिभोर्स गर्दै
- जेरी अन टपको शुभमुहुर्त सम्पन्न, अनमोल र जसिताले स्क्रिन शेयर गर्ने
- अमेरिकाको चुनावबारे चीनमा चासो, कसलाई विजयी भएको हेर्न चाहन्छन् चिनियाँहरु ?
- ५१ वर्षको उमेरमा डिभोर्स गर्न लागेकी हुन् ऐश्वर्याले ?
- सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल
- विराट व्यक्तित्व महाकवि देवकोटालाई हामी कसरी सम्झिरहेका छौं
- तिहार बिदामा पनि तनहुँ जलविद्युतको काम निरन्तर
- यसपालि महिलाहरूले तय गर्दै छन् अमेरिकाको भविष्य