काठमाडौं, ३१ भदौ । भारतको झारखण्डमा हिजो माओवादी आक्रमण भएको थाहाभएको छ । रासस र एएफपीको एक समाचारमा केही हताहत भएको भनिएपनि पूर्ण बिवरण खुल्नसकेको छैन । सरकारी समाचारमा भारतीय सुरक्षा बलले हिजो सोमबार एकजना शीर्ष कमान्डरसहित तीनजना विद्रोहीलाई गोली हानेर मारेको भनिएको छ । पछिल्ला दिनमा भारतका बिभिन्न स्थानमा भएका आक्रमणमा विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण गरी १२ हजार भन्दा बढीको ज्यान गइसकेको छ । भारतको केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) काअनुसार हिजोको अपरेशनलाई सरकारी पक्षले महत्वपूर्ण सफलता भनेको छ । भीडन्तमा माओवादीका तीनजना शीर्ष नेताहरु मारिएको सीआरपीएफले जनाएको छ ।
मारिएकामध्ये एकजना भारतीय माओवादीका केन्द्रिय सदस्य सहदेव सोरेन रहेको बताइएको छ । सोरेनको पक्राउका लागि करिब एकलाख १३ हजार अमेरिकी डलर (भारतीय ९४ लाख) बराबरको इनाम तोकिएको थियो । केही दिनअघिमात्र ओडिशा र छत्तीसगढको जंगली सीमामा भएको भिडन्तमा सुरक्षाफौजले एक अर्का कमान्डरसहित नौ विद्रोहीलाई मारेको जनाएको थियो । भारत सरकारले आगामी मार्च महिनासम्म विद्रोहलाई पूर्णरुपमा समाप्तगर्ने प्रचार गरेको छ । नेपालका आफूलाई माओवादी बताउनेहरु कोही पनि बोल्न सकेका छैनन् ।