वाशिंटन, ५ असोज । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषणगर्ने सञ्चारमाध्यममाथि थप नियन्त्रणको नियम लगाएको छ । गर्ननपाइने नियम वा नियन्त्रण (प्रतिबन्ध)मा उनीहरुले औपचारिकरुपमा प्रकाशनका लागि अधिकृत नभएको कुनै पनि कुरा खुलासा नगर्न र युद्ध विभागभित्र उनीहरुको आवागमनलाई सीमितगर्न भनिएको छ । गत शुक्रबार पत्रकारहरुलाई वितरण गरिएको एक लामो जानकारीपत्रमा राखिएको नयाँ निर्देशनमा पत्रलाई पालनागर्ने प्रतिज्ञागर्दै शपथ पत्रमा हस्ताक्षरगर्न आवश्यक छ वा उनीहरुले सैनिक गतिविधिमा पहुँच गुमाउने जोखिम रहने उल्लेख छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नकारात्मक सञ्चार सामग्री अवैध हुनसक्ने सुझाव दिएपछि प्रशासनले आफ्ना नीतिहरुको विरोधमा मिडिया कभरेजलाई नियन्त्रणगर्न गरेको यो पछिल्लो कदम हो । पत्रमा भनिएको छ –पेन्टागन जवाफदेहिता र जनताको विश्वास प्रवद्र्धनगर्न पारदर्शिताका लागि प्रतिबद्ध छ । पत्रमा अगाडि भनिएको छ–पेन्टागन अज्ञात अधिकारीहरुलाई उद्धृतगरी सामग्रीलाई प्रशारणगर्न प्रभावकारीरुपमा प्रतिबन्धित गर्दछ । सूचना जारीगर्नु अघि एक उपयुक्त आधिकारिक अधिकारीद्वारा सार्वजनिक विज्ञप्तिको लागि स्वीकृत हुनुपर्दछ, चाहे त्यो अवर्गीकृत नै किन नहोस् । यो नयाँ प्रतिबन्ध दुबै वर्गीकृत र नियन्त्रित अवर्गीकृत जानकारीमा लागू हुनेछ। पत्रमा पेन्टागनका पत्रकारहरु वाशिंगटनको बाहिर सेनाको विशाल मुख्यालयमा आधिकारिक अनुमतिबिना कहीँ जान सक्छन् भन्नेबारेमा व्यापक नयाँ प्रतिबन्धहरुको विवरण पनि दिइएको छ। रक्षामन्त्री पिट हेगसेथले एक्समा लख्नुभएको छ–प्रेसले पेन्टागन चलाउँदैन ।

उहाँले प्रेसलाई अब सुरक्षित सुविधाको हलमा घुम्न अनुमति छैन । बिल्ला लगाउनुहोस् र नियमहरु पालना गर्नुहोस् वा घर जानुहोस् भन्नुभयो । हेगसेथले यमनका हुथी विद्रोहीहरुमाथि अमेरिकी हवाई आक्रमणको समय खुलाशागरेको कारण कडा आलोचनाको सामना गर्नुपरेको केही महिनापछि नयाँ नियमहरु आएका हुन् । फक्स न्यूजका पूर्व कार्यक्रम सहसञ्चालक र आर्मी नेशनल गार्डका अनुभवी हेगसेथले पनि ती विवरणहरु एक छुट्टै सिग्नल समूह श्रृंखलामा साझा गरेको रिपोर्ट गरिएको थियो, जसमा उहाँकी पत्नी पनि समावेश हुनुहुन्थ्यो । द न्यूयोर्क टाइम्सका प्रवक्ताले नयाँ नियमहरुलाई करदाताको खर्चमा अमेरिकी सेनाले गरिरहेको कार्यमा पहुँच घटाउने चिन्ताजनक ढाँचामा अर्को कदम भनेका छन् । नेशनल प्रेस क्लबका अध्यक्ष माइक बाल्सामोले पेन्टागनलाई नयाँ नियमहरु तत्काल खारेजगर्न आग्रह गर्नुभएको छ । बाल्सामोले एक विज्ञप्तिमा यदि हाम्रो सेनाको बारेमा समाचार पहिले सरकारले अनुमोदन गर्नुपर्दछभने तब जनताले स्वतन्त्र रिपोर्टिङ पाउँदैनन् भन्नुभएको छ । प्रतिबन्धले केवल अधिकारीहरुले हेर्न चाहेको कुरा पाउनेछन् । यसले प्रत्येक अमेरिकीलाई चिन्तित पार्नुपर्छ । रासस÷एएफपी