काठमाडौं, ८ असोज । भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन हुने भउको छ । जनता म्वासाः भाषा म्वाई अर्थात् जनता रहे भाषा रहन्छभन्ने नाराकासाथ यसवर्ष ४५ आँैं बृहत् नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ । हिजो भक्तपुरका आयोजित पत्रकार सम्मेलनमा नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष रवीन्द्र खर्वुजाले यही असोज १८ र १९ गते सम्मेलन आयोजनागर्न लागिएको जानकारी दिनुभएको थियो । भक्तपुरमा विगत ४५ वर्षदेखि निरन्तर हरेक वर्ष सम्मेलन हुँदैआएको छ ।

उहाँले दुईचरणमा सम्पन्न गरिने सम्मेलनमा पहिलो चरणमा दिउँसो साहित्य वाचन र दोश्रो चरणमा साँझ सांस्कृतिक कार्यक्रम गरिने बताउनुभयो । सम्मेलन आयोजक समितिका सचिव राजन जतिले सम्मेलनमा प्रतियोगितात्मक साहित्य वाचन र अतिथि साहित्य वाचन हुने बताउनुभएको छ । कार्यक्रममा साहित्य एवं भाषासम्बन्धी विज्ञहरुको सान्दर्भिक मन्तव्यसमेत राखिने उहाँले जानकारी दिनुभयो । सम्मेलन सम्पन्नगर्न ४५ सदस्यीय मूल समारोह समिति र एक दर्जनभन्दा बढी उपसमिति गठन गरेर तयारीका काम भइरहेका तःमुंज्याका प्रचारप्रसार समिति संयोजक राजकुमार लघुले जानकारी दिनुभएको छ ।