काठमाडौं, ९ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शिक्षक, चिकित्सक र स्वास्थ्यकर्मीसहित कर्मचारीका लागि १२ बुँदे आचारसंहिता जारीगरेको छ । न्याम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले प्रतिष्ठानमा सुशासन कामय गराउने उद्देश्यले शिक्षक, चिकित्सक र स्वास्थ्यकर्मीसहित कर्मचारीका लागि १२ बुँदे आचारसंहिता जारीगरिएको जानकारी दिनुभएको हो । उहाँले सेवाग्राहीबाट व्यवस्थापनसमक्ष विगतमा विभिन्न गुनासो आएका बताउँदै सोबारे परिपत्र गरिएकामा अपेक्षित सुधार नभएपछि सेवा सुधारका लागि कर्मचारी आचारसंहिता जारीगरिएको उल्लेख गर्नुभएको छ । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी तथा कर्मचारीले बिरामीसँग शिष्ट एवं मर्यादित व्यवहार गर्ने, कार्यालयको निर्धारित समयमा आफ्नो कार्यस्थलमा उपस्थित भई तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने, कार्यालय समयभित्र खाजा÷खाना खानुपरेमा आलोपालो मिलाएर निर्धारित समयमा व्यवस्थापन गर्नुपर्नेलगायत आचारसंहिता रहेका प्रतिष्ठानले जनाएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यालय समयमा अस्पताल बाहिरगएर निजी अस्पताल÷क्लिनिकमा बिरामी हेर्न नपाउने, अस्पताल बाहिर औषधि पसल÷ल्याब वा इमेजिङ सेन्टरलगायत खोल्न नपाउने, अस्पतालमा हुने परीक्षणहरु अस्पतालमा नै गर्ने÷गराउने व्यवस्था मिलाउने, बिरामीलाई अनावश्यक रुपमा अन्य अस्पतालमा रिफर नगर्नेलगायत विषय आचारसंहितामा उल्लेख गरिएको छ । त्यस्तै बहिरंग विभाग (ओपिडी) मा बिरामी नसकी ओपिडी छोडेर बाहिर नजाने, बिरामीलाई विशेष वा कुनै खास कम्पनीको औषधि तथा औषधिजन्य सामग्री खरिद गर्न बाध्य नपार्ने र अस्पताल फार्मेसीबाट औषधि उपलब्ध गराउने आचारसंहितामा उल्लेख गरिएको छ । न्याम्सअन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पर्दछन् । रासस
ताजा समाचार
- जीवी राईलाई भगाउने नमराज घिमिरे प्रधानमन्त्री कार्यालयमा
- कुनै जमानाकी हिट अभिनेत्री उर्मिला मातोन्डकरले वैवाहिक जीवनको ८ वर्षपछि डिभोर्स गर्दै
- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खेले देउसी कलाकारहरुसँग, १ लाख दक्षिणा
- अमेरिकाको चुनावबारे चीनमा चासो, कसलाई विजयी भएको हेर्न चाहन्छन् चिनियाँहरु ?
- जेरी अन टपको शुभमुहुर्त सम्पन्न, अनमोल र जसिताले स्क्रिन शेयर गर्ने
- सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल
- तिहार बिदामा पनि तनहुँ जलविद्युतको काम निरन्तर
- विराट व्यक्तित्व महाकवि देवकोटालाई हामी कसरी सम्झिरहेका छौं
- यसपालि महिलाहरूले तय गर्दै छन् अमेरिकाको भविष्य
- ५१ वर्षको उमेरमा डिभोर्स गर्न लागेकी हुन् ऐश्वर्याले ?