काठमाडौं, ९ असोज । अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघको ८० औँ महासभा जारी छभने नेपालको पछिल्लो घटनाबारे पनि छलफल हुने बताइएको छ । सो सभामा नेपालकातर्फबाट न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रतिनिधित्व गर्नुहुने भएको छ । मुलुकको वर्तमान विषम परिस्थितिमा नेपाल सरकारबाट तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल त्यहाँ जानसक्ने अवस्था नरहेकाले महासभामा स्थायी प्रतिनिधि थापालेनै नेपालकातर्फबाट प्रतिनिधित्व गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रसंघको ८० औँ महासभाको बहस गत सातगतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा प्रारम्भ भएको हो । त्यसैगरी मुलुकको वर्तमान परिस्थितिमा केही मुलुकले नेपाललाई दिँदै आएको भिजिट भिसा रोकेकोभन्ने सूचनाका सम्बन्धमा मन्त्रालयले सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतमार्फत आधिकारिक विषयका बारेमा जानकारी लिएको थाहा भएको छ ।