काठमाडौं, १४ असोज । कैलालीको त्रिनगर नाकाबाट नौं हजार २०५ जना स्वदेश भित्रिएका छन् । रोजगारीलगायतका बिभिन्न प्रयोजनका लागि भारत गएकाहरु दशैंको अवसरमा फर्किएका त्रिनगर नाकामा स्थापना गरिएको हेल्पडेस्कको तथ्यांक छ । त्रिनगर नाका भएर यही असोज १ गते ५०५ जना स्वदेश भित्रिएका थिएभने २०९ जना भारत गएका छन् । असोज २ गते ७२६ आएका छन् भने ११३ जना भारततर्फ लागेका छन् । साथै असोज ३ गते ८८६ जना आउँदा १३६ जना भारत गएका छन्भने असोज ४ गते ३२७ जना स्वदेश फर्किदा ११० जना भारत पसेका छन् । असोज ५ गते ७७० जना स्वदेश फर्केकोमा सो दिन ९५ जना विदेशिएका छन् । यसैगरी असोज ६ गते ४८१ जना, ७ गते २४५ जना र असोज ८ गते ९५६ जना विदेशिएकोमा क्रमशः ५२ जना, १२१ जना र ४८ जना कामको खोजीमा भारत गएको तथ्यांक छ ।

भारतबाट त्रिनगर नाका भएर असोज ९ गते एक हजार १५१ जना, असोज १० गते एक हजार १२४ जना तथा असोज ११ गते ४५५ जना दशैं मान्न घर फर्किएका छन् । दशैंको बीचमा पनि असोज ९ गते ३५९ जना, असोज १० गते १७३ जना र असोज ११ गते ८२ जना भारत पलायन भएका छन् ।
त्यसैगरी असोज १२ र १३ गते क्रमशः ५६३ र एक हजार १६ जना दशैं मान्न घर फर्किएकामा क्रमशः ७३ र ८१ जना दशैंको मुखमा भारत पसेको तथ्यांकले देखाएको छ । रासस