काठमाडौं, १५ असोज । प्रधानमन्त्री नरेन्द्र मोदी फेरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिक बन्ने प्रयासमा रहेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । नेपाल र पाकिस्तानमा अमेरिकी दबदबा बढेपछि मोदीले ट्रम्पका पछिल्ला हरेक कदमको समर्थनगर्न थाल्नुभएको छ । यसैक्रममा उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द अन्त्यगर्ने विस्तृत योजनावद्ध घोषणाको स्वागत गर्नुभएको छ । यसअघि सो मामिलामा भारतले खासै बोलेको थिएन । राससले एएनआइलाई उद्धृतगर्दै जनाएअनुसार प्रधानमन्त्री मोदीले यो योजनाले दीर्घकालीन र दिगो शान्तिका लागि व्यावहारिक मार्ग प्रदान गरेको बताउनु भएको छ ।
सामाजिक सञ्जमाल एक्समा पोष्टगर्दै प्रधानमन्त्री मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द अन्त्यगर्ने विस्तृत योजनाको घोषणालाई स्वागत गर्नुभएको हो । यसले प्यालेष्टिनी र इजरायली जनताकासाथै बृहत्तर पश्चिम एशियाली क्षेत्रका लागि दीर्घकालीन र दिगो शान्ति, सुरक्षा र विकासका लागि व्यावहारिक मार्ग प्रदानगर्ने उहाँले जनाउनु भएको छ । योजनालाई फ्रान्स र इटालीलगायत धेरै पश्चिमी राष्ट्रहरु, साथै अरब र मुस्लिम देशहरुजस्तै कतार, साउदी अरेबिया, इजिप्ट र पाकिस्तानले पनि स्वागत गरेका छन् । यदि दुवै पक्षले योजना स्वीकार गरेभने, युद्ध तुरुन्तै अन्त्यहुने गाजामा रहेका सबै बन्दीहरु फिर्ता हुने, प्यालेष्टिनी कैदीहरुलाई रिहागरिने र गाजापट्टी प्यालेष्टिनी सरकारद्वारा शासित हुने तथा हमासको कुनै भूमिका नरहने इजरायलले गाजाको स्वतन्त्रता स्वीकारगर्न बाध्य हुने अल जजिराले जनाएको छ ।
नेपालको तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले इजरायलको समर्थनगर्दै प्यालेष्टाइनहरुलाई आतंककारी घोषणा गरेको थियो । त्यसपछिको एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार उपरोक्त मामिलामा मौन रहेको थियोभने हालको सुशिला कार्की नेतृत्वको सरकार पनि मौन रहेको छ ।