काठमाडौं,१६ असोज । आज विजया दशमीको टीका रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाको साइत बिहान ११ः५३ बजे रहेको जनाएको छ । टीका लगाइ माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ । समितिकाअनुसार यस वर्षको विजया दशमीका दिन देवी बिसर्जनगर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ । आज विजया दशमीको दिन बिहानै देवी बिसर्जनगरी मान्यजनहरुबाट टीका र जमरा ग्रहणगर्ने परम्परा छ । आजै अपरान्ह १२ः१९ बजे श्री तुलाजात्रा यात्रा शुरुहुने समितिले जनाएको छ ।
आजै अपरान्ह १ः४९ बजे स्थिरासन दिवस मनाइने र खड्ग जात्रासमेत सञ्चालन हुने उल्लेख गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जारी गर्नुभएको सूचनामा यस वर्षको दशैंमा देवी विसर्जनदेखि टीका, जमरा ग्रहणसम्मको सबैजसो धार्मिक कर्मकाण्ड शुभ साइतमागर्न सकिने उल्लेख गरिएको छ । रासस