काठमाडौं, २२ असोज । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले इजरायल–प्यालेष्टाइन द्वन्द शुरुभएको दुई वर्षको अवधिमा करिब ६१ हजार बालबालिकाको मृत्युभएको वा अपाङ्ग भएको जानकारी दिएको छ । स्विट्जरल्यान्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले हरेक १७ मिनेटमा औसतमा एक बालक मृत्युहुने वा घाइते हुनेगरेको बताउनुभयो । पिरेसले यस तथ्यप्रति खेद व्यक्तगर्दै बच्चाहरु शारीरिक र मानसिकरुपमा धेरै लामो समयदेखि पीडित छन् र आघातमा बाँचिरहेका छन भन्नुभयो । उहाँले कुनै पनि बच्चाले कहिल्यै देख्नु नपर्ने डरलाग्दो अवस्थाको सामना गरिरहेका र अत्यधिक पीडाबीच बाँच्नुपरेको बताउनु भएको छ । उहाँले गाजामा प्रत्येक पाँच बच्चामध्ये एक समय नपुगीकन जन्मन्छ ।
यसरी जन्मने बच्चाहरुलाई जीवित रहनको लागि अक्सिजन मास्क आवश्यक पर्ने तर यस क्षेत्रमा उनीहरुको अस्तित्व सुनिश्चितगर्न आवश्यक पूर्वाधारको अभाव छ । युनिसेफले गाजामा उसको टोलीहरु अझै पनि गाजा क्षेत्रकोे उत्तरबाट निकालिएका र समय नपुगी जन्मिएका बच्चाहरुको लागि इन्क्युबेटर र भेन्टिलेटर भित्राउनका लागि सकारात्मक सन्देशको पर्खाइमा छन् भन्नुभएको छ । पाइरेसले हामीले अर्को स्वास्थ्य क्षेत्रमा बच्चाहरुलाई सारेर भएपनि सम्भव भएसम्म सुविधा दिएका छौँ । गाजाको सुरक्षा अवस्थाले यसका लागि पनि सहज वातावरण सुनिश्चित गर्दैन । हामीले इन्क्युबेटरहरु सार्नसकेका छैनौँ, यो अहिलेसम्म अस्वीकार गरिएको छ भन्नुभयो । एजेन्सीहरु