काठमाडौ,२४ असोज । तत्कालीन प्रधानमन्त्रि केपी ओली र गृहमन्त्रि रमेश लेखक बिरुद्धको उजुरी रद्धिको टोकरीमा पुग्ने अवस्था सिर्जना भएको रावजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । उक्त उजुरी हिजो छानविन आयोगले फेरी प्रहरीमै फिर्ता पठाइएको जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगले जानकारी गराएपछि उपरोक्त अवस्था सिर्जना भएको हो । गत भदौ २३ र २४ को बिध्वंशको जाँचबुझगर्न सरकारद्वारा गठित आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त जाहेरी आयोगको कार्यक्षेत्रमा नपरेकाले जिल्ला प्रहरी परिसर काठमाडौंमै फिर्ता गरिएको जानकारी दिनुभएको हो ।
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा परेको उक्त जाहेरी प्रहरीले दर्ता नगरी आयोगमा पठाइएको थियो । आयोगले एक विज्ञप्ति जारीगरी फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकातगरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र नपरेको जनाएको छ । आयोगलाई उक्त घटनाको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुको कारणका सम्बन्धमा यथार्थ जाँचबुझगरी सो को यकिन राय सुझाव दिनेसहितको प्रतिवेदन पेस गर्ने र भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहणगरी विश्लेषण गर्ने तथा कारबाहीसम्बन्धमा आवश्यक रायदिने कार्यादेश आयोगले पाएको जारी विज्ञप्तिमा उल्लेख छ ।