जेरुसलेम, २५ असोज । इजरायलको न्याय मन्त्रालयले हिजो शुक्रबार हमाससँगको युद्धविरामको सम्झौताको एक भागकारुपमा गाजामा बन्धक बनाइएका बन्धकहरुको बदलामा रिहा गरिने २५० कैदीहरुको सूची प्रकाशित गरेको छ । यो सूचीमा रिहाइको लागि हमासले माग गरेका धेरै वरिष्ठ प्यालेष्टिनी लडाकू नेताहरुको नाम समावेश गरिएको छैन । इजरायली जेलमा आजीवन कारावासको सजाय भोगिरहेका प्यालेष्टिनी नेताहरु मारवान बरघोटी, अहमद सादत, हसन सलामेह र अब्बास अल–सैयद हुन् तर यो सूचीमा उनीहरुको नाम समावेश छैन। हत्याको आरोपमा सन् २००४ मा आजीवन कारावासको सजाय सुनाइएको र इजरायलले आतङ्कवादी मानेका बार्घोटीलाई प्यालेष्टिनी समर्थकहरुले कहिलेकाहीँ प्यालेष्टिनी मन्डेलाभनेर वर्णन गर्नेगरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाका आधारमा इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम र बन्धक बन्दी साटासाट सम्झौतामा सहमति भएपछि रिहाइका लागि बन्धकहको नाम सार्वजनिकगर्न थालिएको हो । योजना अनुसार इजरायलले हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमणपछि युद्ध सुरु भएदेखि बिभिन्न जेलमा रहेका २५० कैदीसहित र लगभग एक हजार ७०० गाजावासीहरुलाई रिहागर्नेछ । बदलामा हमासले दुई वर्षअघि आक्रमणका क्रममा अपहरित २५१ मध्ये ४७ जना बन्धकलाई हस्तान्तरण गर्नेछ । सन् २०१४ देखि गाजामा बन्धक बनाइएका थप एक व्यक्तिको अवशेष पनि फिर्ता हुने अपेक्षा गरिएको छ । रासस,एएफपी