गाजाशहर, २७ असोज । हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहागर्न लागेका कैदीहरुको सूचीमा सात वरिष्ठ प्यालेस्टिनी नेताहरु पनि समावेश हुनुपर्ने अडान जारीराखेको वार्तामा मध्यस्थ श्रोतले एएफपीलाई बताएको छ । विवरणलाई दोश्रो श्रोतले पुष्टिगर्दै भन्यो–हमासले अन्तिम सूचीमा सात वरिष्ठ नेताहरु खासगरी मारवान बरघोटी, अहमद सादत, इब्राहिम हामेद र अब्बास अल–सैयदलाई समावेशगर्न जोड दिइरहेकोे छ ।

पहिलो श्रोतले हमास र उसका सहयोगी लडाकू समूहहरुले गाजामा रहेका सबै जीवित बन्धक र केही मृतकहरुलाई इजरायललाई हस्तान्तरणगर्ने सबै तयारी पूरा गरिसकेका पनि बताएको छ । रासस,एएफपी