काठमाडौं, २७ असोज । मधेश प्रदेशका कर्मचारी र शिक्षकले समेत तलब पाउन छाडेका छन् । धनुषाका १८ पालिकामध्ये छपालिकाका कर्मचारी तथा शिक्षकले तलबलगायत सुविधा पाएका छैनन् । भनिन्छ यी पालिकामा नगरसभा नभएकाले कर्मचारीले चाडपर्वको समयमा पनि तलब भत्ता पाउनबाट वञ्चित भएका हुन् । जिल्लाको मिथिला, क्षीरेश्वरनाथ, कमला र हंसपुर नगरपालिका तथा औरही गाउँपालिकाको सभा बस्नसकेको छैन । पालिकामा जनप्रतिनिधिहरुका बीचमा योजनाको विषयमा विवाद रहेका कारणले सभा हुननसकेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले समाचारदाताहरुलाई जानकारी दिनुभयो ।
अन्य पालिकामासमेत विवाद रहेकामा समन्वय समितिको पहिलपछि सभा भएका र छ पालिकामाभने बिभिन्न चरणमा छलफल भए पनि नियमित वार्षिक अधिवेशन हुन नसकेको उहाँले बताउनुभएको छ । समन्वय समिति प्रमुख यहाँका अधिकांश पालिकामा कुनै एक दलको बहुमत छैन । त्यसैले हरेक वर्ष योजना बाँडफाँड तथा सञ्चालनका लागि आर्थिक श्रोतको बाँडफाँडमा विवाद हुनेगरेको छ । स्थानीय शासन ऐनअनुसार पालिकाको परिषद्ले बजेट पास नगरेसम्म तलब भत्तासहितको कुनै पनि शीर्षकमा रकम खर्चगर्न नपाउने कानुनी प्रावधान रहेको छ । त्यसैले कर्मचारीले सेवा सुविधा पाउन सकेका छैनन् भन्नुभएको छ ।