एअरफोर्स वन, ९ कातिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजा शान्ति सम्झौतामा प्रमुख सहयोगी कतारका अमिर र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुहुने भएको छ। कतारका शीर्ष अधिकारीहरु नेता ट्रम्पलाई कतारमा स्वागतगर्न एयर फोर्स वन अवतरणगर्ने हजारौँ अमेरिकी सैनिकको क्षेत्रीय मुख्यालय रहेको अल उदेइद एयर बेसमा अवतरण गर्नेछन् । गत जनवरीमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछि पहिलो पटक एसियाको भ्रमण गर्न लाग्नुभएको हो । राष्ट्रपति ट्रम्पको दुई क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुने र चीनका राष्ट्रपति सी जिनपिङ र अन्य एशियाली नेताहरुसँग भेटवार्तागर्ने कार्यक्रम तय भएको छ। यसपहिले घोषणा नभएको कतार बैठकमा अमेरिकी विदेश मन्त्री मार्को रुबिओ पनि सहभागी हुनुहुनेछ ।
गाजा युद्धविरामलाई सही मार्गमा हिँडाउन वाशिङ्टनको पूर्ण कूटनीतिक दबाबको एक भागको रुपमा इजरायलको भ्रमणपछि उहाँ कतार प्रस्थान गर्नुभएको हो । युद्ध शुरु भएदेखिनै कतारले इजरायल र हमासबीच अप्रत्यक्ष वार्तामा मध्यस्थताको महत्वपूर्ण भूमिका खेलेको छ । कतार, इजिप्ट, संयुक्त राज्य अमेरिका र टर्कीसँगै शान्ति सम्झौताको मध्यस्थकर्ताहरु मध्ये एक हो । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यस हप्ता टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई गाजामा सुरक्षा बलको स्थापना र हमासको भविष्यसहित सम्झौताको अति संवेदनशील अर्को कदमबारे छलफल गर्न आमन्त्रण गर्नुभएको छ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा युद्ध शुरु भएदेखि नै एक प्रमुख मध्यस्थकर्ता रहनुभएको छ । रासस, एएफपी