
काठमाडौं १२ कातिक । आज प्रतिनिधिसभा विघटन विरुद्धका बिभिन्न १६ वटा रिटहरुमा सर्बोच्च अदालतमा सुनुवाइहुँदै छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाकाअनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद विघटन बदर एवं संसद पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको मागगर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनलागेको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकोभन्दै परेका सबैजसो रिट निवेदनमा राष्ट्रपति रामचन्द्र पौडेलले लिएका निर्णय सच्याउन माग गरिएको छन् ।