बेइजिङ, १४ कातिक । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकारसँगको नियमित भेटघाटकाक्रममा चीनले जी–७ राष्ट्रहरुलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोगगरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गर्नुभएको छ । उहाँले जी–७ राष्ट्रहरुले बजारमा चीनको प्रभुत्वको सामनागर्न महत्वपूर्ण खनिज उत्पादन गठबन्धनको घोषणागर्ने रिपोर्टबारे प्रतिक्रियादिँदै स्वनिर्मित नियमको प्रयोगगरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गर्नुभएको हो ।

प्रवक्ता गुओले हिजोको पत्रकार सम्मेलनमा चीनले निर्यात नियन्त्रण प्रणालीलाई मानकीकृत र सुधारगर्न कदम चालेको छ । यो अन्तर्राष्ट्रिय अभ्यास अनुरुप छ र यसको उद्देश्य विश्व शान्ति र क्षेत्रीय स्थिरता कायमगर्नु र परमाणु अप्रसार र अन्य अन्तर्राष्ट्रिय दायित्व पूरागर्नु हो भन्नुभएको थियो । उहाँले हामी जी–७ लाई बजार अर्थतन्त्रका सिद्धान्त र अन्तर्राष्ट्रिय व्यापार नियमको इमान्दारीपूर्वक पालनागर्न, समूहको स्वनिर्मित नियमले अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई बिगार्न बन्दगर्न र स्थिर विश्व अर्थतन्त्रका लागि संयुक्त रुपमा काम गर्न आग्रह गर्दछाँैं भन्नुभएको थियो । रासस,सिन्ह्वा