काठमाडौं, १४ कातिक । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबारगर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ । विभागले एक सूचनामार्फत तीन करोडभन्दा बढीको कारोबारगर्ने कम्पनीलाई अनुमति प्रदानगर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ । अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । विभागको सूचनाअनुसार एकपटकमा पाँच करोडसम्मको कारोबारगर्ने कम्पनीले पाँचलाख र त्यसभन्दा बढी कारोबारगर्ने कम्पनीले १० लाखबराबरको शुल्क तिर्नुपर्नेछ ।

सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशितगर्दै घरजग्गासम्बन्धी कारोबारगर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा छवटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो । रासस