काठमाडौं, १४ कातिक । गत भदौ २३ र २४ गते भएको बिध्वंशको सबै जिल्ला सुरक्षा समितिहरुले छानविन गर्ने भएका छन् । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको हानि नोक्सानीबारे निजी क्षेत्रसँग छलफलगर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गरेको छ । मन्त्रालयको हिजो भएको सचिवस्तरीय निर्णयानुसार आन्दोलनकाक्रममा सार्वजनिक तथा निजी क्षेत्रसमेतमा सम्पत्तिको हानि नोक्सानी भएका सम्बन्धमा अनुकूल व्यावसायिक वातावरण तयारगर्न र त्यहाँ जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य सङ्घलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वयगर्न अनुरोध गरिएको हो ।
मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षतिभएको विदितै छ, जिल्ला सुरक्षा समितिका पदाधिकारीसमेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य सङ्घलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न÷गराउनु अनुरोध छ भनेको छ ।