पटना, २३ कातिक । कांग्रेस नेता पवन खेराले नोभेम्बर ६ मा भएको बिहार चुनावको पहिलो चरणमा लामो समयदेखि मतदानगर्दै आएका व्यक्तिहरुलाई मतदाता सूचीबाट हटाइएको आरोप लगाउनुभएको छ। उहाँले भारतीय जनता पार्टी (भाजपा) र भारतीय निर्वाचन आयोग (इसिआई) ले हरियाणामा मत हेरफेरगर्न मिलेर कामगरेको आरोपसमेत लगाउनुभयो । खेलाले हामीलाई हाम्रा कार्यकर्ताहरुबाट गुनासोहरु प्राप्तभएका छन् कि यो निर्वाचनमा लामो समयदेखि मतदानगर्दै आएका व्यक्तिहरुको नाम मतदाता सूचीबाट हटाइएको थियो। सम्पूर्ण राष्ट्रले के देखेको छ भने भारतीय निर्वाचन आयोग र भाजपाको मिलोमतोमा बिहारमा भएको विशेष गहन संशोधन (एसआईआर) निर्वाचनलाई प्रभावित पार्ने एउटा गलत अभ्यासबाहेक केही थिएन ।

उनीहरुले मत चोरे र हामी हरियाणामा सरकार बनाउन सकेनौँ भन्नुभयो । यसअघि, राहुल गान्धीले गत शुक्रबार बिहार चुनावमा भोट चोरीभएको आरोप लगाउनुभएको थियो । उहाँले चुनावी सूचीमा नक्कली मतदाताहरु समावेश गरिएको दाबीगर्दै प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र निर्वाचन आयोगले हरियाणा चुनावमा मतदाता जालसाजी गरेको आरोप लगाउनुभएको थियो । उहाँले बिहारका युवाहरुले यस पटक यस्तो हेरफेर गर्न दिने छैनन् भन्नुभयो । भागलपुरमा एक चुनावी सभालाई सम्बोधन गर्दै राहुल गान्धीले भन्नुभयो–हरियाणामा दुईकरोड मतदाता छन् र मतदान सूचीमा २५ लाखभन्दा बढी मतदाताहरु नक्कली छन् । म तपाईंलाई सुनिश्चित गछर्स कि प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र निर्वाचन आयोगले मिलेर हरियाणा निर्वाचनमा मतदाता चोर्ने षड्यन्त्र गरेका छन् ।

उहाँले हामीले प्रमाणसहित भनेका थियौँ उनीहरुले लोकसभा, महाराष्ट्र, मध्य प्रदेश, छत्तीसगढमा मतदाता चोरी गरेका थिए र अब उनीहरु बिहारको चुनाव जित्न पनि यही नीति अपनाइरहेका छन् । हामीलाई अन्तिम क्षणसम्म मतदाता सूची प्राप्त हुँदैन । बिहारको जेन–जीले यहाँ भोट चोरी हुन दिने छैन भन्नुभयो । नोभेम्बर ६ मा, १८ जिल्लामा फैलिएका १२१ सिटका लागि मतदान भएको थियो, जसमा ६४.५ प्रतिशत मतदाता मतदान भएको थियो। दोश्रो चरणको विधानसभा चुनाव नोभेम्बर ११ मा हुने तय भएको छ, जसको मतगणना नोभेम्बर १४ मा हुनेछ । दोश्रो चरणमा बिहारका २० जिल्लाका १२२ सिटमा मतदान हुनेछ, त्यसपछि, बिहारमा चुनाव सकिनेछ । दोश्रो चरणमा औरङ्गाबाद, जहानाबाद, गया, नवादा, जमुई, भागलपुर, पूर्णिया र अन्य जिल्लाहरुमा मतदान हुँदैछ । रासस,एएनआई