काठमाडौं,२३ कातिक । तत्कालीन अध्यक्ष माधव नेपाल लगायतका केही नेताहरु पार्टीबाट बाहिरिएपछि नेकपा एकीकृत समाजवादी पार्टी पुनरगठन गरिएको थाहाभएको छ । सो पार्टीका ६७ जना केन्द्रीय सदस्यहरुको बैठकले घनश्याम भूसाललाई पार्टीको संयोजकमा चयन गरेको छ । हिजो शनिबार बसेको जूम बैठकमा एकीकृत समाजवादी पुनर्गठन समूहले भूसाललाई संयोजक चयनगर्ने निर्णय गरेको हो ।

बैठकले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजनागर्ने निर्णय गरेको छ । हिजोको बैठकले तत्कालीन अध्यक्ष माधव नेपाल लगायतका केही नेताहरुले पार्टीलाई धोखा दिएको ठहर गरेको बताइएको छ ।