काठमाडौं, २९ कातिक । भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र हिजो शुक्रबार राति भएको भीषण विष्फोटमा कम्तीमा नौ जनाको मृत्यु र करिब ३१ जना घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् । विष्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारीसाधनमा आगलागी भई ठूलो क्षति पुगेको छ । स्थानीय मिडियाकाअनुसार दिल्लीमा हालै भएको कार बम बिष्फोटसम्बन्धी अनुसन्धानका क्रममा फरीदाबादबाट ल्याइएका बिष्फोटक सामग्री जाँचगर्ने क्रममा दुर्घटना भएको बताइए पनि प्रहरीले आधिकारिक बयान दिएको छैन ।

मृतकमध्ये अधिकांश प्रहरी तथा फरेन्सिक टोलीका सदस्य रहेको जनाइएको छ । घटनापछि ठूलो संख्यामा दमकल र एम्बुलेन्स परिचालित गरी घाइतेहरुलाई नजिकका अस्पताल पुगेको छ । यसअघि दिल्लीको लालकिल्ला नजिकै गत सोमबार भएको कार बिष्फोटमा आठ जनाको मृत्यु भएकोमा पछिल्ला रिपोर्टले मृतक संख्या १३ पुगेको उल्लेख गरेका छन् ।