
कायरो, ३० कातिक । सुडानको आधाभन्दा बढी जनसंख्यालाई मानवीय सहायताको खाँचो रहेको डेनिस शरणार्थी परिषद्का प्रमुखले एएफपीसँग बताउनुभएको छ । सन् २०२३ अप्रिलमा युद्ध शुरु भएदेखि सुडानको सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ । द्वन्द्वका कारण करिब एक करोड २० लाख विस्थापित भएका छन् र सुडानमा विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ। डेनिस शरणार्थी परिषद्का महासचिव चार्लोट स्लेन्टेले छिमेकी चाडको सीमावर्ती क्षेत्रको भ्रमणपछि एएफपीसँग फोनमा भन्नुभयो–हामी तीन करोडभन्दा बढी मानिसहरुलाई मानवीय सहायताको आवश्यक रहेको देख्छौँ। उहाँले हामीले देखेको सुडानको पीडा कल्पनाभन्दा टाढाको बिषय हो भन्नुभयो । विश्व बैंककाअनुसार सन् २०२४ मा सुडानको जनसंख्या करिब पाँच करोड रहेको थियो । पछिल्लो समय भीषण लडाइँ भइरहेको सुडानको पश्चिमी डार्फर क्षेत्र चाडको सीमा क्षेत्रको स्थलगत भ्रमणपछि सहायता अधिकारीको टिप्पणीे आएको हो । हालैका हप्ताहरुमा हिंसा नाटकीयरुपमा बढेको छ, आरएसएफले १८ महिनाको घेराबन्दी र अत्याचारको रिपोर्टहरु बढेपछि डार्फरमा सेनाको अन्तिम नियन्त्रण एल–फासरको प्रमुख शहर कब्जागरेको छ ।
उहाँले त्यहाँ सबै अन्तर्राष्ट्रिय मानवीय कानूनहरुको उल्लंघन भएको छ भन्नुभयो । स्लेन्टेले गैर सरकारी संस्थाले सुडानमा सामूहिक हत्या र यौन हिंसाको भेटिएका बताएका छन् भन्नुभयो । उहाँले हामी डार्फमा हिरासत, अपहरण, जबरजस्ती विस्थापन र यातनाका सयौँ घटना भेटिन्छन् भन्नुभयो । उहाँले त्यहाँ अन्तर्राष्ट्रिय समुदायले पर्याप्त काम नगरेको आरोप लगाउनुभयो । शरणार्थी परिषद्का महासचिव चार्लोट स्लेन्टेले भन्नुभयो–प्राप्त जानकारी अनुसार सुडानी भूगोलमा वितरण भइरहेको मानवीय आवश्यक सामग्रीको धेरै सीमित प्रभाव रहेको छ ।
त्यहाँ अन्तर्राष्ट्रिय समुदायले हिंसा रोक्न सकेका छैनन् । उहाँले त्यहाँ अन्य शहरहरु अझै पनि घेराबन्दीमा छन् जसले समान स्तरको ध्यान प्राप्त नगरिरहेको बताउनुभयो । उत्तरी कोर्डोफान राज्यको राजधानी एल–ओबेद र दक्षिण कोर्डोफानको कडुग्ली र डिलिङजस्तै पश्चिम कोर्डोफान राज्यकोसेनाको अन्तिम गढ बबानुसा शहर धेरै महिनादेखि घेराबन्दीमा छ । स्लेन्टेले अन्तर्राष्ट्रिय समुदायले यस द्वन्खको परिणामको व्यवस्थापनगर्न रोक्नुपर्छ र अत्याचार रोक्न शुरु गर्नुपर्दछ भन्नुभयो । रासस, एएफपी