
काठमाडौं, १ मंसिर । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक बर्ष ०८१÷८२ को प्रतिवेदनअनुसार, ०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धिभएको छ । केन्द्रीय बैंकका अनुसार, विभिन्न कोषमा आबश्यक रकम विनियोजनगरी बाँकी ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
वार्षिक प्रतिवेदनअनुसार आब ०८१÷८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्यांकन लाभ हानी समायोजनअघिको खुद् आय अघिल्लो बर्ष को तुलनामा नौ दशमलव ११ प्रतिशतले वृद्धिभई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ मा बैंकले वासलात, आय, व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक बर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । रासस