
काठमाडौं,१ मंसिर । एमालेका महासचिव शंकर पोखरले वर्तमान सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउन नसक्ने बताउनुभएको छ । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले एमालेले नहुने निर्वाचनको पैरवी नगर्ने पनि बताउनु भएको थियो । उहाँले निर्वाचन आयोगले केही काम गरेपनि सरकारले अन्य बिभिन्न कारणलेगर्दा बर्तमान सरकारले निर्वाचन गराउन नसक्ने दाबि गर्नुभएको थियो ।
उहाँले एमाले वैधानिक बाटो जानुको विकल्प नरहेको पनि बताउनु भएको थियो । उहाँले संसद भित्रैबाट संविधानको विकल्प दिन सकिने अवस्था रहेको पनि बताउनुभएको थियो । उहाँले संविधान र कानून संशोधनहुँदा राजनीति दलहरुको सहमति हुनुपर्नेमा बर्तमान सरकारले दलहरुको कुरा समेत सुन्न नचाएको खुलाशा गर्नुभएको थियो । उहाँले जेनजी आन्दोलनको नाम विदेशी शक्तिको चलखेल भएको बताउँदै त्यसमा नेपाली नागरिकहरुलाई नै प्रयोग गरेर आगजनी तथा तोडफोड गराइएको बताउनुभएको थियो । उहाँले पत्रकारहरुको प्रश्नको उत्तरमा पूँजीवादीहरु आफूहरुले भनेको नमान्ने भएकाले यस्तो घटना भएको दाबि पनि गर्नुभएको थियो ।
उहाँले एमालेको नेतृत्व माथि षड्यन्त्रणकारीहरुको प्रहार भइरहेकाले पार्टी स्वाभाविक रुपमा एकताबद्ध हुनुपर्ने अवस्था आएको पनि बताउनुभएको थियो । गत भदौ २३ र २४ गते विध्वंस गतिविधिहुँदा मुलुक १० वर्ष पछाडि परेको उहाँको भनाई थियो ।