काठमाडौं, १६ मंसिर । नेपाल चिकित्सक संघले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमण बढ्नसक्नेभन्दै ‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन मागगरेको छ । संघले एक अपिल जारीगर्दै इन्फ्लुएन्जा भाइरसको संक्रमणको प्रभावकारी रोकथामका लागि सरकारले जोखिमयुक्त व्यक्तिलाई खोपको दायरामा ल्याई हरेक बर्ष समयमा नै निःशुल्क रुपमा फ्लू खोप उपलब्ध गराउनुपर्ने माग गरेको हो । त्यस्तै, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमभएका मानिसहरुमा इन्फ्लुएन्जा भाइरसको संक्रमणले असर पु¥याउने प्रबल सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

अपिलमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिई समयमै रोकथामगर्न उपयुक्त हुन्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा इन्फ्लुएन्जा भाइरसको संक्रमणले असर पु¥याउने प्रबल सम्भावना रहेकोहुँदा यसको रोकथामका लागि समयमानै फ्लूखोप लिनुहुन जोखिममा रहेका समस्त नागरिकहरुलाई हार्दिक अपिल गर्दछौँ भनिएको छ ।