काठमाडौं,१८ मंसिर । नेपाल प्रहरीले बैंकिङ कसुरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्रबैंक ऐन–०५८ अन्तर्गतको कसूरको अनुसन्धानको सिलसिलामा शाक्यलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले प्रभु बैँक लिमिटेडलाई हानी नोक्सानी पु¥याएको मुद्धाको अनुसन्धानका लागि शाक्यलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ । ब्यूरोले यसअघि प्रभु बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनलाई पक्राउ गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारीभएको निर्देशन तथा प्रचलित कानून विपरित कार्यगरी प्रभु बैंक लिमिटेडलाई हानिनोक्सानी पु¥याएको तथा सोही अपराधलाई लुकाउन बिभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाहगरी कर्जाको दुरुपयोग गर्ने÷गराउने कसुरमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि शाक्यलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । शाक्यलाई बैंकिङ कसूर तथा सजाय ऐन–०६४ अन्तर्गतको कसूरमा उच्च अदालत, पाटन ललितपुरबाट पक्राउ अनुमतिलिई हिजो ललितपुरको जावलखेलस्थित भनिमण्डल क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभएको छ । रासस