काठमाडौं,१८ मंसिर । उद्योगी एबं ब्यापारीहरुको संस्था नेपाल चेम्बर अफ कमर्सले देशमा आर्थिक नीतिगत स्थायित्वका निम्ति सरकारसँग मागगरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुुमार अग्रवालसहितको पदाधिकारीको टोलीले सरकारका नवनियुक्त मुख्य सचिव सुुमनराज अर्यालसँग भेटवार्तागरी आर्थिक नीतिगत स्थायित्व नभएसम्म निजी क्षेत्रको मनोबल र लगानीप्रति आकर्षण बढ्ननसक्ने बताउनुभएको हो । एकातर्फ नीतिगत परिवर्तनको जोखिम अर्कोतर्फ आन्दोलन र तोडफोडको डरले व्यवसायीहरु त्रसित अवस्थामा रहेको अध्यक्ष कमलेश अग्रवालले बताउनुभएको छ । उहाँले हो मुुलुुकको अर्थतन्त्रमा ८१ प्रतिशत हाराहारीमा योगदान रहेको र समग्र अर्थतन्त्रको मुहान नै निजी क्षेत्र भएकाले निजी क्षेत्र सुुदृृढ नभएसम्म आर्थिक गतिविधि विस्तार, लगानी, रोजगारी सिर्जना एवं राजस्व परिचालन हुन सक्दैन भन्नुभयो ।

चेम्बरले कालोसूूचीका सम्बन्धमा बैंक तथा वित्तीय संस्थाद्वारा लागूगरिएको प्रावधान कठोर र अपारदर्शी भएकोभन्दै मुुख्यसचिव अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ । सुझावपत्रमा कुुनै एक व्यक्ति वा फर्म कालोसूूचीमा परेको अवस्थामा उसको आंशिक स्वामित्व वा संलग्नताले अन्य फर्महरुलाई बैंकिङ सुुविधा प्रयोगगर्न अवरोधगर्दा ती निर्दोष साझेदार र सञ्चालक पनि समस्यामा पर्नगएका छन् भनिएको छ । कूल गार्हस्थ उत्पादन जिडिपीको तुुलनामा नेपालमा राजस्व परिचालन दक्षिण एसियाकै उच्च रहेको चेम्बरले जनाएको छ । एकातर्फ खुुला सीमाना र अर्कोतर्फ भारतमा जिएसटीका दरमा भएको व्यापक कटौतीका कारण अविलम्ब भन्सार दर एवं मूल्य अभिवृद्धि करका दुुई दरको समयसापेक्ष पुुनरावलोकन आवश्यक रहेको चेम्बरले उल्लेख गरेको छ ।