काठमाडौं, २६ मंसिर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनकाक्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षतिभएको जनाइएको छ । त्यसैगरी जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज पाँच गते गरिएको समितिले हिजो ७५ औं दिनमा आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाएको हो । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयारगर्न गठित समितिले हिजो प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार १६८ संघसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ । प्रतिवेदनमा समग्रमा हेर्दा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भएको समितिको मूल्यांकन छ, आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो भनिएको छ ।
यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन्, प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कूल ७७ जनाको ज्यान गएको छ । दुई हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन्, १३ देखि २८ वर्षका एक हजार ४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार १२ हजार ६५९ वटा सवारीसाधन क्षतिग्रस्तहुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुनुकासाथै सरकारी÷सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । त्यसैगरी, दुई हजार ६७१ भवनमा क्षति पुगेको छ र त्यसमा पनि क्षतिको मूल्यांकन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ ।
प्रतिवेदनमा सामुदायिक तथा अन्य क्षेत्रको पाँचअर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षतिभएको छ, निजी क्षेत्रको क्षतिको मूल्यांकन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सरकारी क्षतिमा तीन तहमध्ये संघीय सरकारको ६८ प्रतिशत छभने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ भनिएको छ । सरकारी÷सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख बराबर क्षति पुगेको, निजी क्षेत्रको क्षतिको मूल्यांकन ३३ अर्ब ५४ करोड ८७ लाख बराबर र सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख बराबर क्षति भएको जनाइएको छ ।