बैंकक, २८ मंसिर । रोयल थाई आर्मी (आरटीए) ले कम्बोडियाले थाइल्यान्डको सिसाकेट प्रान्तको नागरिक क्षेत्रलाई लक्षितगरी बीएम–२१ रकेट प्रहारगर्दा चारजना घाइते भएको बताउदै घटनाको निन्दा गरेको छ । सामाजिक सञ्जालमा जारीगरिएको विज्ञप्तिमा हवाई आक्रमणको चेतावनी सुनेपछि स्थानीय बासिन्दाहरु सुरक्षित आश्रयमा भाग्दैगर्दा आक्रमण भएको जनाइएको छ । आरटिएले आक्रमणको कडा निन्दागर्दै यो घटनाले सैन्य कारवाहीसँग सम्बन्धित नभएका नागरिक क्षेत्रहरुलाई लक्षित गरि कम्बोडियाले हतियार प्रयोग गरेको स्पष्ट प्रमाण भएको बताएको छ ।
हिजो शनिबार जारी आधिकारिक विज्ञप्तिमा, देशको सेनाले थाइल्यान्ड–कम्बोडिया सीमामा आफ्नो अपरेसनहरु कड्याईकासाथ विश्वव्यापी सिद्धान्तहरु अन्तर्गत रहेको र थाइल्यान्डको सुरक्षा तयारी र क्षमता रक्षा र स्थिति नियन्त्रणका लागि कायम रहेको दोहोरÞ्याएको छ । वक्तव्यमा, थाई अधिकारीहरुले द्वन्द बढाउने वा नागरिकहरुलाई धम्की दिने अभिप्राय बिना, आफ्ना जनताको रक्षा र राष्ट्रिय सुरक्षागर्ने अपरेसनको प्राथमिक लक्ष्यरहेको कुरामा जोडदिएका छन् ।
विज्ञप्तिमा थाई जनताको सुरक्षा र महत्वपूर्ण पूर्वाधारलाई असरगर्ने अवस्था उत्पन्न भएपछि थाइल्यान्ड सीमित दायरा, लक्ष्य र खतरा समाप्तगर्न आवश्यक बल प्रयोगगर्ने प्रतिरोधात्मक उपायहरु लागूगर्न बाध्य भएको जनाइएको छ । रासस,सिन्ह्वा