
तस्वीर रासस
काठमाडौं, ३ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले हिजो बिदाइ भेट गर्नुभएको छ । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटकाक्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो । सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्टमित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षमा सहयोगगर्दै आएको र सोक्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले राजदूत सोङलाई आफ्नो कार्यकाल सफलतापूर्वक पूरागरी स्वदेश फिर्ता हुन लाग्नुभएकोमा बधाई तथा सुखद यात्राको कामना गर्नुभयो ।
साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाउनुभयो । चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उहाँले व्यक्त गर्नुभएको थियो ।