फाइल तस्वीर
काठमाडौं, ३० पुस । नेपाली कांग्रेस भूराजनीतिको चपेटामा परेर बिभाजनको अवस्थामा पुगेको छभने पार्टीका सभापति तथा बयोबृद्ध नेता शेरबहादुर देउवालाई किनारा लगाउन खोज्ने महामन्त्रिद्वय गगन थापा र बिश्वप्रकाश शर्मा आफै किनारा लाग्ने अवस्था सिर्जना भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बिहान आठबजेबाट हुने निर्णायक बैठकले जबरजस्त पार्टी फुटाउन प्रयासगर्ने महामन्त्रिद्वय थापा र शर्मामाथि कारवाहीगर्ने भएको छ । महामन्त्रिद्वयलार्य तत्काल निलम्बन गरेर कारवाही अगाडि बढाइने संभावना रहेको बताइएको छ ।

विशेष महाधिवेशन पक्षधरहरु पनि आफ्नै ढंगले अगाडि बढेका छन् । हिजो भएको बन्दसत्र महामन्त्री गगनकुमार थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माको सांगठनिक प्रतिवेदन पारितगर्दै सम्पन्न भएको छ । त्यसैगरी बन्दसत्रबाट गठन गरिएको केन्द्रीय निर्वाचन समितिले नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । उक्त तालिकाअनुसार बाँकीरहेको उम्मेदवारी मनोनयन दर्ताको समय परिवर्तनगरी आज बुधबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्मका लागि निर्धारण गरिएको समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभएको छ । महाधिवेशन पक्षधरहरुका बीचमा समेत बिभाजन देखिएकाले महामन्त्रिद्वय त्यहाँबाट पनि किनारा लाग्ने अवस्था रहेको बताइएको छ ।