फाइल तस्वीर
काठमाडौं,३० पुस । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई आगामी पाँचवर्षका लागि साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उपरोक्त निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कारवाहीको निर्णयगर्दै विशेष महाधिवेशनको पक्षमा लाग्नेहरुलाई आआफ्नो भूमिकामा फर्किन निर्देशन पनि दिएको छ । यता भृकुटी मण्डपमा सभापति देउवा बिरुद्ध नाराबाजी भैरहेको छभने अधिकांश महाधिवेशन प्रतिनिधिहरु कार्यक्रमस्थलबाट बाहिरिएको बताइएको छ । जसलेगर्दा गगन थापा पक्षको आज हुने भनिएको निर्वाचन लगायतका कार्यक्रमहरु बिथोलिएका छन् ।