काठमाडौं,२९ पुस । बिभिन्न छवटा कम्युनिष्ट पार्टीद्वारा गठित संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेलले आज मंगलबार एक वक्तव्य जारीगरी बन्दमा सहयोगगर्ने सबैलाई धन्यवाद दिनुका साथै दर्जनौ नेता तथा कार्यकर्ताहरु पक्राउ गरिएकोमा सरकारको निन्दा गनुृभएको छ । उहाँले बक्तब्यमा पाँचबर्षकी बच्ची जेविका श्रेष्ठसहित आजको उपत्यका बन्द र हिजोको मसाल जुलुसको क्रममा गिरफ्तार हुनुभएका सबैलाई विनाशर्त रिहागर्न सरकारसँग माग पनि गर्नुभएको छ । वक्तव्यमा संयुक्त संयुक्त संघर्ष समिति हिजो साँझको मसाल जुलुस र आजको उपत्यका बन्दको कार्यक्रममा खट्नुभएका छपार्टीका नेता, कार्यकर्ता तथा समर्थक र यस कार्यक्रमलाई बिभिन्न कोणबाट सहयोगगर्ने सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, प्रगतिशील तथा देशभक्त पार्टी, संगठन तथा व्यक्तित्वहरुलाई संयुक्त संयुक्त समितिकातर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
साथै, देश तथा जनताको पक्षमा आगामी दिनमा आयोजना हुने न्यायपूर्ण संयुक्त का कार्यक्रमहरुमा पनि निरन्तर सहभागिता, सहयोग र समर्थन रहनेछभन्ने अपेक्षा गरिएको छ । बक्तब्यमा सरकारले बन्दको पक्षमा कोटेश्वर वरिपरि पर्चा वितरणगर्दै हिँडनु भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सीसीएमहरु सूर्य तिमल्सेना, झनक श्रेष्ठ तथा शोभा सेञ्चुरी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सीसीएमहरु रुपा सुनार तथा भुवन सेञ्चुरी र ब्युरो सदस्य कमरेड लक्ष्मी सेन्चुरीलाई गिरफ्तार गरेको छ । यतिमात्र होइन, आफ्नो बुबा झनक श्रेष्ठको साथमा रहेकी उहाँकी पाँच वर्षकी छोरी जेविका श्रेष्ठ पनि गिरफ्तारीमा परेकी छिन् ।
हाम्रो संयुक्त संयुक्त समिति सुशीला कार्की सरकारको यस प्रकारको अत्यन्त अविवेकी, असहिष्णु तथा फासीवादी रवैयाको घोर निन्दा तथा भत्र्सना गर्दछ । साथै, पाँच वर्षकी बच्ची जेविका श्रेष्ठ सहित आजको बन्द र हिजोको मसाल जुलुसकाक्रममा गिरफ्तार हुनुभएका सम्पूर्णलाई विनाशर्त रिहागर्न सरकारसँग जोडदार माग गर्दछ भनिएको ।