काठमाडौं, ५ पुस । नेपाल राष्ट्रबैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एकअर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानीगर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना प्रकाशितगरी आफूले लिन चाहेको मुद्धती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्तावगरी यही पुस ७ गतेभित्र आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । सूचनाअनुसार क वर्गका वाणिज्य बैंकमा ९६ करोड, ख वर्गका विकास बैंकमा १८ करोड र ग वर्गका वित्त कम्पनीमा छ करोड बराबरको रकम लगानीगर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुईबर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम कूल पूँजीकोष कायम रहेको, कूल कर्जा सापटीको आठ प्रतिशत र खुद् निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरागरेको हुनुपर्नेछ । रासस