काठमाडौं,११ पुस । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि बिना सूचना गैरहाजिर रहेपछि एक सूचना प्रकाशितगरी सातदिनभित्र हाजिर हुन भनिएको छ । प्रहरी प्रधान कार्यालयले आज शुक्रबार सूचना जारीगरी सार्वजनिक गरेको विवरणअनुसार केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि बिना सूचना गैरहाजिर रहेका छन् । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनिएको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजतलास गर्दा÷गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरागरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको जनाएको छ । आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए उनीहरुलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने जनाइएको छ ।
