काठमाडौं, १२ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावटगरी भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनको फरक,फरक पाँचवटा निवेदन दर्तागराएको छ । प्रतिवादी गजेन्द्र महर्जनसमेत रहेको राजस्व चुहावटगरी भ्रष्टाचार गरेको मुद्धामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी हिजो सर्वोच्च अदालतमा पुनरावेदनको फरक,फरक पाँचवटा निवेदन दर्तागराएको हो ।
आयोगद्धारा जारी विज्ञप्तिमा गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जन, तत्कालीन नगरउपप्रमुख मुना अधिकारीसमेतका प्रतिवादीहरु उपर गोदावरी नगरपालिकाले विभिन्न आर्थिक वर्षमा राजस्व निर्धारणगर्दा बदनियत राखी नेपालको संविधान, संघीय आर्थिक ऐन, प्रदेश आर्थिक ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन–०७४ समेतको प्रचलित कानुनलाई बेवास्तागरी राजस्व चुहावटगरी गराइ नेपाल सरकारलाई हानी पु¥याएकाले भ्रष्टाचार निवारण ऐन बमोजिम सर्वोच्च अदालतमा पुनरावेदनको फरकफरक पाँचवटा निवेदन दर्ता गरिएको छ भनिएको छ । जम्मा एकअर्ब चारकरोड ८७ लाख ४५ हजार २८७ राजस्व चुहावटगरी सरकारलाई हानी पु¥याएको विज्ञप्तिमा उल्लेख छ ।