काठमाडौं, १५ पुस । नेपालबाट एकैसाथ चीन, भारत र अमेरिकाका राजदूतहरु फिर्ता हुनुभएको छ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव कार्यकाल सकिनै लाग्दा स्वदेश फर्किएर उपचारमा लाग्नुभएको छ । राजदूत श्रीवास्तव परिवारसहित केही दिनअघि स्वदेश फर्किसक्नु भएको छ । उहाँ श्रीमती पूर्णसाहिला तथा छोरीहरु भाव्या र सुरम्यासहित स्वदेश फर्केको भारतीय दूतावास श्रोतले जनाएको छ । श्रीवास्तव करीब साढे तीन वर्षअघि नेपालका लागि राजदूतका रुपमा नियुक्त हुनुभएको थियो ।

त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र अमेरिकी राजदूत डिआर थम्पसन पनि स्वदेश फर्कनुभएको छ । चिनियाँ राजदूत सोङ आफ्नो कार्यकाल पूरागरेर फर्कनु भएको होभने अमेरिकी राजदूत थम्पसनलाई ट्रम्प प्रशासनले फिर्ता बोलाएको हो । चिनियाँ राजदूत सोङ जनवरी २०२३ मा नेपाल आउनु भएको थियो । थम्पसनलाई तत्कालीन जो बाइडेनको सरकारले मार्च २०२२ मा नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।